काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ३ लाख ८४ हजार ४ सय ४८ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय १४ जनामा कोभिड१९ को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सङ्ख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १९३ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ६ हजार ३ सय ५३ पुगेको छ ।
काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।