arrow

कोरोना संक्रमणका कारण पूर्वसांसद बस्नेतको निधन 

logo
विवेक मिश्र
प्रकाशित २०७८ जेठ १० सोमबार
mishra samsad.jpg

मोरङ । नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण सोमबार बिहान निधन भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोामबार बिहान ४ बजे उनको निधन भएको हो । मोरङको सुन्दरहरैचामा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल लगिएको थियो ।

पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए ।

भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद हुन् बस्नेत सुन्दरहरैचामा विभिन्न सहकारी लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाज सेवामा सक्रिय थिए ।



लोकप्रिय समाचार
नयाँ