arrow

संक्रमितका घरघरमा स्वास्थ्यकर्मी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
pcr-test-corona-nepal.jpg

धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको संक्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले अहिले गाउँ-गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई औषधि वितरण गरिरहेको छ ।  

संक्रमण बढेपछि गाउँपालिकाले गाउँ-गाउँमा स्वास्थ्यकर्मी खटाएर संक्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताएका छन् । 

“स्वास्थ्यकर्मीसँगै हामीले जनप्रतिनिधिलाई पनि पठाउने गरेका छौ,” चौधरीले भने । संक्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको उनको भनाइ छ । 

चौधरीले भने, “अहिले ‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको छ ।” 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउँदै पहिले कोरोना परीक्षण गरेर मात्रै अन्य उपचार गर्नु पर्छ भनेर हामीले सम्झाउने गरेका छौँ भने ।  



लोकप्रिय समाचार
नयाँ