काठमाडौं । अभिनेताद्धय दिलीप रायमाझी र रमित ढुंगानाले कोरोना महामारीका कारण समस्यामा रहेका पीडितहरुलाई राहत वितरण गरेका छन् ।
मोरङको पथ्री–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा पुगेर नायकद्धयको नेतृत्वमा राहत वितरण गरिएको छ ।‘इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’को अग्रसरतामा शिविरमा अभिनेताद्धयले राहत वितरण गरेको हो ।
नेपालबाट नै अमेरिका पुगेका भुटानी शरणार्थीहरुको टिमले यो फाउन्डेशन संचालन गर्दै आएको छ । शिविरमा मास्क र सेनिटाइजर वितरण गरिएको छ । त्यस्तै १७ सय घरपरिवारलाई खाद्यान्न पनि वितरण गरिएको छ ।
फाउन्डेशनले शिविरमा रहेका ८० बर्ष कटेका बृद्धबृद्धालाई वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको पनि गरेको छ ।