काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनका विषयमा काननविद्हरुसँग परामर्श गर्दै छन् ।
सभामुख सापकोटाले बिहीबार १ बजे संसद भवन नयाँ बानेश्वरमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।
यसअघि उनले पूर्व सभामुखहरुसँग छलफल गरेका थिए । त्यसअघि नै उनले संसद विघटनको कदमलाई गलत भनिसकेका छन् ।