arrow

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
agni.jpg

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको बैठक बानेश्वरमा शुरु भएको छ ।

सभामुखको सचिवालयका अनुसार शुक्रबार दिउँसो २ बजेबाट बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको भएपनि उनी उपस्थित नहुने जानकारी दिइसकेका छन् ।

छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई र झलनाथ खनाल (भर्चुअल), जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी रहेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

संघीय संसद भवनमा शुरु भएको बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम साथै संसद विघटनलगायका विषयमा छलफल हुने साथै सभामुखले परामर्श लिने कार्यक्रम छ ।

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसा विघटन गरी कार्तिक २६ र मसिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदम बारेमा परामर्श लिन बैठक बोलाएका हुन् ।

यसअघि उनले पूर्वसभामुखहरु कानुन व्यवासयी एवं राजनीतिक दलका नेताहरुसंग छुट्टाछुट्टै भेट गरेका थिए । 



लोकप्रिय समाचार
नयाँ