काठमाडौं। व्यवसायीक रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ एशोसियसन अफ नेपाल वानका अध्यक्ष एवं विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेको निधन भएको छ ।
कोरोना संक्रमित न्यौपानेको विराट मेडिकल कलेज विराटनगरमा केहिदिन यता उपचार भइरहेका थियो। कोरोना संक्रमित उनलाई निमोनिया भएको थियो ।
उनलाई केहि दिनदेखि भेन्टीलेटरमा राखेर उपचार भइरहेको थियो भने विहिवार अक्सिजन लेभल भने बढेको थियो। शुक्रवार विहान सवा आठ बजेतिर निधन भएको थियो।
रेडियोहरुको विकासमा नेतृत्वदायी भूमिका खेलेका न्यौपाने आफै पनि रेडियोकर्मी हुन्। उनको नेतृत्वमा सप्तकोशी एफएम संचालनमा छ।