थाइल्यान्डका राजाले सहयोग स्वरूप प्रदान गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
109
Shares
काठमाडौँ। थाइल्यान्डका राजाद्वारा नेपाललाई सहयोग स्वरूप प्रदान गरिएको स्वास्थ्य सामग्री सहितको विमान नेपाल आइपुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डका लागि नेपाली राजदूत भोषित भोरासाफले उक्त स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका हुन्।
सहयोगका लागि परराष्ट्र मन्त्रालयले कृतज्ञता प्रकट गरेको छ। थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रूपमा उक्त सहयोग नेपाललाई प्रदान गरेको हो।
सर्किजल मास्क, पिपिई गाउन, रेपिड एन्टिजन किट,अक्सिमिटर ६०० थानलगायतका स्वास्थ्य सामग्री विमानस्थलबाट राजदूत भोषितले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।