arrow

‘अरुसँग लड्न सजिलो होला तर आफ्नै जीन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
risi-sarita.jpg

काठमाडौं । चलचित्र निर्देशक ऋषि लामिछानेले आफूले कोरोना जितेको र आफ्नो पूर्ण रुपमा स्वस्थ्य भएको बताएका छन् । 
लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर फर्किएको एक हप्ता भएको सामाजिक संजालमार्फत जानकारी गराएका हुन् ।

‘निमोनियाको औषधि खाँदैछु, अब एक महिना रेष्ट गर्नु पर्नेछ’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै ब्यक्तिवहरुमा नमन । अरुसंग लड्न सजिलो होला, तर आफ्नै जीन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ ।’

निर्देशक लामिछानेले उपचारमा सहयोग र सदभाव व्यक्त गर्ने परिवारका सदस्य, साथीभाइ साथै डाक्टर रबिन्द्र पाण्डे समीर, डाक्टर बिष्णु पहारी र ग्राण्डी हस्पिटलप्रति पनि आभार व्यक्त गरेका छन् । निर्देशक लामिछानेकी श्रीमती चर्चित कलाकार सरिता लामिछाने, छोरी समृद्धि यसअघि नै कोरोनामुक्त भइ घर फर्किसकेकी छिन् । 



लोकप्रिय समाचार
नयाँ