सिजी कम्युनिकेसन्सद्वारा काठमाडौँ उपत्यकामा इन्टरनेट सेवा सुरु
अब घरघरमा आधा सस्तो ‘सिजी नेट’
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
686
Shares
काठमाडौँ। सिजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सिजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ। उपभोक्ता केन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सिजी कम्युनिकेसन्सको छ।
‘सिजी नेट’ देशव्यापी इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ। हामीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउनेछौँ।
भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सिजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ।
सुरुवातमा हाम्रो सेवा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा उपलब्ध हुनेछ। तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले हाम्रो सेवाको फाइदा उठाउन सक्नेछन्। १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सिजी
नेट’ विस्तार हुनेछ। उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ। नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ। २०७८ को अन्त्यसम्ममा देशभर ‘सिजी नेट’ विस्तार गर्ने हाम्रो लक्ष्य छ।
हाम्रा ग्राहक सेवा केन्द्रहरू हालका लागि सिजी डिजिटलका शाखा–जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँ बजार, मीन भवन र ट्रेड टावर थापाथलीमा हुनेछन्। नेटवर्क विस्तारसँगै काठमाडौँ उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिनेछ।
सेवा शुभारम्भका अवसरमा हामीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेका छौँ। वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ।
सिजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता अनुसार ‘सिजी नेट’को सेवा प्रारम्भ गरिएको बताए। “दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सिजीले कुनै कसर बाँकी राखेको छैन। मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठुलो अर्थ राख्नेछ।”
नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए। सिजी कम्युनिकेसन्स चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी हो।
सिजी नेपालमा विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधिमा आधारित टेलिकम सेवा सञ्चालन गर्न प्रतिबद्ध छ। सिजी नेटलाई हामीले सूचना प्रविधिको क्षेत्रमा सिजीको प्रारम्भिक पाइलाका रूपमा लिएको पनि जानकारी गराउन चाहन्छौँ।