काठमाडौं । नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्रान्डमध्ये एक रहेको गोदरेजको नेपाली बजारमा नयाँ सामग्री ‘भिरोशिल्ड’ आएको छ । आफ्नो नयाँ उत्पादनलाई बढाउँदै गोदरेज अप्लायन्सेजले भिरोशिल्ड भन्ने नयाँ सामग्री उत्पादन गरेको गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी ईओएलले जनाएको छ ।
सिंगल डोर रेफ्रिजिरेटर, डबल डोर रेफ्रिजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर जस्ता घरायसी सामग्रीहरु उपलब्ध रहेको गोदरेजले नेपाली बजारमा पनि पिक्यूएम भिरोशिल्डको बिक्री वितरण शुरू गरेको हो ।
अहिलेको कोरोना भाइरसको महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भिरोशिल्ड उत्पादन गरेको हो । भिरोशिल्डले २ देखि ६ मिनेटमा कोरोना भाइरसलाई डिस्इन्फेक्टेड गर्ने क्षमता राख्ने दाबी पनि गरिएको छ ।
भिरोशिल्डले विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, ट्याब्लेट, वालेट, पर्स, सुनका गरगहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी, कागजातहरुलाई डिस्इन्फेक्ट गर्दछ ।
उक्त भिरोशिल्ड ३० लिटरको क्षमतामा नेपाली बजारमा पाइन्छ । यसलाई आइसीएमआर (इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सर्टिफाइड गरेको छ ।