काठमाडौँ। कोरोना भाइरसको महामारी बढिरहेका बेलामा आफ्ना वरिपरि रहेका सामानलाई जीवाणुरहित बनाउन गोदरेजको भाइरोशिल्ड एकदमै उपयुक्त मानिएको छ।
कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, अस्पताल, बैङ्क तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरूमा आफ्नो वरिपरि रहेका सामानहरूलाई जीवाणुरहित बनाउन गोदरेजको भाइरोशिल्ड उपयुक्त मानिएको हो।
गोदरेज ब्रान्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेकट्रोनिक्सको ईओएल प्रालिको दाबी अनुसार २ देखि ६ मिनेटभित्रमा भाइरोशिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाइरसको सूक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ।
भाइरोशिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पन्जा, स्टेशनरी, बच्चाहरूको खेल्ने कुराहरू आदि राख्न सकिन्छ।
भाइरोशिल्डमा विविध सर सामाग्रीहरू राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैङ्कजस्ता सामानहरू भने राख्न नहुने सीजीले जनाएको छ। आईसीएमआर ल्याबद्वारा सर्टिफाइड अत्यधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोशिल्डमा १ वर्षको वारेन्टी रहेको पनि सीजीले जानकारी दिएको छ।
सीजीले विश्वासका साथ भनेको छ, ‘कोभिड–१९ को सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेको र हामी मात्र नभई हाम्रा सर सामग्रीहरू पनि सङ्क्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाइरोशिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ।’