काठमाडौँ। एलजीको आधिकारिक विक्रेता सिजी इम्पेक्स प्रालिले एन्टी भाइरस फिल्टर भएको एलजीको एसी नेपाली बजारमा ल्याएको छ। यस एन्टी भाइरस फिल्टरले भित्री वातावरणको कीटाणुहरूलाई नष्ट गर्दछ र ताजा वातावरण बनाउँदछ। एन्टी भाइरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याबबाट कीटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ।
एसीमा फोर इन्न वान कन्र्भटेबल मोड रहेको छ, जसले एसीलाई ४० देखि १०० प्रतिशत अर्थात् मान्छे धेरै हुँदा पूर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता रहेको हुनाले विद्युत् कम खपत गरी पैसा पनि बचत गर्दछ।
यस एसीमा डुवेल इन्भर्टर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७० प्रतिशतसम्म बिजुली खपत पनि गर्दछ।
यस एलजीको एसीमा रहेको ब्ल्याक फिन टेक्नोलोजी जसले धुलो, आर्द्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ, जसले गर्दा एसीको आयु बढाउनुका साथै लामो समय सम्म चल्ने कम्पनीको दाबी छ। एलजीको एसीले ४० प्रतिशत चाँडो चिसो वा तातो बनाउँदछ साथै वातावरण मैत्री आर ३२ ग्याँस रहेको छ र साथै १० वर्षको वारेन्टी पनि रहेको छ।
नयाँ वर्षको अफरमा एलजीको एसी किन्दा ४ हजार बराबरको निःशुल्क एसी जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ।