नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगग्राममा आगलागी भएको छ । बिहान ८ बजे सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बिहान ८ बजेबाट आगो लाग्न शुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।
उनकाअनुसार अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।