arrow

मङ्गलवार थपिए ५ हजार बढी संक्रमित, ६८ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
corona-nepal-1618404789.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मङ्गलवार थपिएका संक्रमितको सङ्ख्यासँगै नेपालमा हालसम्म ५ लाख ६६ हजार ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ । भने संक्रमणपछि घर फर्कनेको दर ८०.२ प्रतिशत रहेको छ । 

हाल सक्रिय संक्रमितको सङ्ख्या १ लाख ४ हजार ७ सय ८९ पुगेको छ । यीनै १ लाख ४ हजार ७ सय ८९ जना आइसोलेसनमा रहेका छन् ।

हाल सम्म ३० लाख ७४ हजार ५ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । साथै ७ सय २५ क्वारेनटाइनमा रहेका छन् ।

त्यसैगरि पछिल्लो २४ घण्टामा ६८ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ७ हजार ४ सय ५४ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ