नवलपुर । पूर्वी नवलपरासीको देवचुली-२ केउरानीमा रहेको सिजी इन्ड्रस्ट्रियल पार्क अन्तर्गतको सीजी ब्रुअरी नेपाल प्रा लिमा बुधबार बिहान ८ बजे देखि अचानक लागेको आगो नियन्त्रणमा आएको छ ।
चितवनको भरतपुर महानगरका दुई वटा, खैरहनी नगरपालिकाको एक, नेपाली सेनाको एक र कावासोती नगरपालिकाको एक वटा गरी पाँच वटा दमकल, सशस्त्र प्रहरी , नेपाल प्रहरी र कारखानामा काम गर्ने श्रमिकको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको उद्योग प्रशासनले जनाएको छ ।
उत्पादनको काम चलिरहेको बेला विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको चौधरी उद्योग ग्रामका प्रशासन प्रमुख दामोदर पौडेलले बताए ।
आगलागी बाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको उद्योग प्रशासनले जनाएको छ ।