पोखरा । पोखरामा आइतबार दूध बोक्ने जीपमा अचानक आगलागी भएको छ । ग२च ९३७५ नम्बरको जीपको पछाडि भागमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव निरीक्षक (डिएसपी) सुवास हमालले दिएको जानकारी अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।
पोखरा महानगरपालिका वडा नं. २ को अर्चलबोट चोक नजिकै जीपमा तेल हालेर निस्कने क्रममा आगलागी भएको डिएसपी हमालले जानकारी दिए ।
प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रण गरिएको बताइन्छ । जीपको पछाडि भागमा आगलागी भएकाले ठुलो क्षति नभएको बताइन्छ ।