बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको सङ्ख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।
सो विश्वविद्यालय दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरूका सङ्क्रमित नागरिकहरूको सङ्ख्या यस प्रकार रहेका छन् ।
संयुक्त राज्य अमेरिकामा तीन करोड ३२ लाख ८८ हजार १४ सङ्क्रमितहरूको सङ्ख्या पुगेको छ । भारतमा दुई करोड ८३ लाख ७ हजार ८३२ , ब्राजिल एक करोड ६६ लाख २४ हजार ४८० सङ्क्रमितहरूको सङ्ख्या पुगेको छ ।
साथै फ्रान्स ५७ लाख ३८ हजार ६४१, टर्की ५२ लाख ५६ हजार ५१६, रुस ५० लाख ३१ हजार ५८३ पुगेको छ । त्यस्तै बेलायत ४५ लाख ६ हजार ३३३, इटाली ४२ लाख २० हजार ३०४ र अर्जेन्टिनामा ३८ लाख १७ हजार १३९ पुगेको छ ।