काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको महामारीको तेस्रो र चौंथो लहर आउन सक्ने चेतावनी दिएको छ ।
शुक्रबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तेस्रो र चौंथो लहरमा बालबालिकाहरु बढी संक्रमित हुने भएको भन्दै सबैजसो अस्पतालहरुलाई कम्तिमा २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्याएर राख्न आग्रह गरेको छ ।
मन्त्रालयले वैकल्पिक प्राणवायु अक्सिजनको व्यवस्था गरेर राख्न समेत आग्रह गरेको छ । अहिले सबैको अथक मेहनत र प्रयासपछि दोस्रो लहर काबुभित्रै रहन पुगेको समेत मन्त्रालयले जनाएको छ ।
यस्ताे छ विज्ञप्ती: