arrow

प्रजातन्त्र सेनानी श्रेष्ठको संक्रमणबाट निधन, नेता नपुगेकोमा आफन्त दुखी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
freedom-fighter.jpg

काठमाडौँ । प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको कोभिड–१८ का कारण निधन भएको छ । नेपाली काँग्रेसका योद्धा,  निष्ठा र स्वाभिमानका प्रतीक चितवन निवासी श्रेष्ठको शनिवार उपचारको क्रममा राजधानीको ओम अस्पतालमा निधन भएको हो । 

उनको पार्थिन  शरीरमा नेविसंका पूर्व केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनी ८१ वर्षको थिए। पार्टीमा अतुलनीय योगदान पुर्‍याएका श्रेष्ठलाई टाढैबाट भए पनि श्रद्धाञ्जली दिन केन्द्रीय नेताहरू कोही पनि अस्पताल नपुगेको भन्दै उनका आफन्तहरू निकै दुखित भएका छन् ।

जीवित हुँदा पनि श्रेष्ठको उचित सम्मान गर्न नसकेको पार्टीले उनको निधनमा पनि चासो नदेखाउनु विडम्बना भएको उनीहरूको गुनासो छ । श्रेष्ठको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली काँग्रेसका युवा नेता अधिकारीले बताए । 



लोकप्रिय समाचार
नयाँ