arrow

संक्रमितभन्दा निको हुने दर उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
corona-nepal-update-1620371793.jpg

काठमाडौँ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै  पछिल्लो दिन संक्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । 

पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा  संक्रमण पुष्टि भएको छ  भने ६ हजार ९५१  संक्रमित निको भएका छन् । 

आइतवार १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । 

सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
नयाँ