पाकिस्तान संसदद्वारा फ्रान्सेली राजदूत हटाउने विषय स्थगित
एजेन्सी
प्रकाशित २०७८ जेठ २४ सोमबार
484
Shares
फाइल तस्बिर
इस्लामाबाद। पाकिस्तान सांसदले फ्रान्सेली राजदूत हटाउने विषय स्थगित गरेको छ। पाकिस्तानबाट फ्रान्सका राजदूत हटाउने विवाद सांसदले तत्काल स्थगित गरेको छ। पाकिस्तानमा प्रतिबन्धित दक्षिणपन्थी इस्लामिक दल तेहरिक ए लब्बाइकले फ्रान्सेली राजदूत हटाउनुपर्ने दबाब दिइरहेको बेला यो विषय स्थगित गरिएको हो।
प्रतिबन्धित दलले फ्रान्सेली राजदूत फिर्ता नगरे हिंसात्मक प्रदर्शनमा उत्रिने चेतावनी दिएपछि पाकिस्तान सरकारले राजदूत फिर्ता गर्ने सहमति गरिसकेको छ। तर, प्रतिबन्धित दलसँग सरकारले यस्तो सहमति गरेर गलत निर्णय लिएको विज्ञहरूले विश्लेषण गरेका छन्।
राजदूत हटाउनेबारे विभिन्न विवाद र टिप्पणी भएपछि सांसदले तत्कालका लागि यो विषय स्थगित गरेको बताइएको फ्रान्स २४ले जनाएको छ।