काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ५ लाख ९५ हजार ३ सय ६४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ५ सय ७० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोभिड १९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ९८ पुगेको छ ।
हाल सक्रिय संक्रमितको सङ्ख्या ८२ हजार ७ सय ३६ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५ हजार ६ सय ११ जनाको एन्टीजेन परीक्षण विधिबाट कोभिड१९ को संक्रमण जाँच भएको छ ।