arrow

कोरोना रोकथामका लागि ग्लोबल लघुवित्त द्वारा पुनर्वास नगरपालिकालाई सहयोग 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ जेठ २६ बुधबार
punarbas.JPG

कञ्चनपुर । कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सघाउ पुगाउन ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाले पुनर्वास नगरपालिकालाई २५ हजार साहायता रकम हस्तान्तरण गरेको छ । 

देश भर शाखा सञ्चालन गरेको ग्लोबल आइएमइ लघुवित्त संस्थाले पुनर्वासमा बढ्दै गरेको कोरोना भाइरसको प्रकोप नियन्त्रणमा जुटेको नगरपालिकालाई सघाउ पुगोस् भन्दै  बुधवार २५ हजारको चेक हस्तान्तरण गरेको हो । 

ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका पुनर्वास स्थित आइबिआरडी शाखाका प्रमुख राजबहादुर भण्डारीले पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापालाई बुधवार २५ हजारको चेक हस्तान्तरण गरेका हुन । 

१ हजार २ सय सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमइ वित्तीय संस्थाले ५ करोड कर्जा प्रवाह गरी उत्पादन वृद्धिको अभियान सञ्चालन गर्दै आएको संस्थाका प्रमुख भण्डारीले बताए ।



लोकप्रिय समाचार
नयाँ