काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय २५ जना कोभिड १९ संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोभिड १९ को संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६७ जनाले कोभिड१९को संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।