arrow

निको हुने भन्दा संक्रमित हुनेको सङ्ख्या बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
corona-nepal-1618404789.jpg

काठमाडौँ । नेपालमा कोभिड-१९ सङ्क्रमणबाट निको हुने भन्दा संक्रमित हुनेको सङ्ख्या बढेको छ । बिहीबार  २ हजार १ सय ४१  जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुँदा २ हजार ६ सय ७ जनामा  सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा थपिएका २ हजार ६ सय ७ संक्रमितसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ४० हजार ४० पुगेको छ । यस्तै २ हजार १ सय ४१  जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ३९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।  पछिल्लो २४ घण्टाको तथ्याङ्कले सङ्क्रमण दर २०.८८ प्रतिशत देखाएको छ ।



लोकप्रिय समाचार
नयाँ