arrow

विपन्नको सहयोगमा जुट्यो नेविसंघ र तरुण दल

logo
मणि प्रसाद गैह्रे
प्रकाशित २०७८ असार ५ शनिबार
tarnudal.jpg

कपिलवस्तु । विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।

विश्वभर फैलिएको कोरोना भाइसरका कारण जारी लकडाउनले मारमा परेका  विपन्न तथा गरिब घरपरिवारलाई दैनिक राहत सामग्री वितरण गरेका हुन् ।

दैनिकजसो सामाजिक काममा सक्रिय नेविसंघ र तरुणदलले शनिबार पनि खाद्यान्न वितरण गरेका छन् । वाणगंगा नगरपालिका ९ चौवाका १६ विपन्न घरपरिवारलाई दाल, चामल नुन लगाएत खाद्यान्न सामग्री वितरण गरेको छ ।

विपन्न घरधुरीहरुलाइ  ५२ हजार बराबरको खाद्यान्न सहयोग गरेको  नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकानत पोख्रेलले बताए  । चौवाका १६ घरपरिवारलाई दैनिक छाक टार्न समस्या भएको जानकारी पाउन साथ उनिहरुलाई खाद्यान्न सहयोग गरेको उनले बताए । 

नेविसंघ र तरुणदल यस्ता सामाजिक कामलाई निरन्तरता दिने समेत उनले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस वडा सभापति दिपक थापाले नेविसंघ र तरुणदलले गरेको सामाजिक काम स्रहानिय रहेको भन्दै नेपाली कांग्रेस सबै गरिव तथा दुखीको साथमा रहेको बताए  ।

समस्यामा परका गरिव तथा विपन्न वर्गको घरमा पुगेर सहयोग गर्ने  विगत देखी सुरु गरिएको र यसलाई निरन्तरता दिने तरण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले बताए ।



लोकप्रिय समाचार
नयाँ