काठमाडौं। सन्राइज बैंक र आईएमई मोटर्सबीच सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमति भएको छ। सहमतिमा पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका हुन्। उक्त सहमति अनुसार आईएमई मोटर्सद्वारा वितरित सवारी साधनको खरिदमा सनराइज बैंकको तर्फबाट कर्जा प्रवाह हुने छ।
ग्राहकहरुले सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ। कर्जाको मासिक किस्ता ईएमआईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ। कर्जा बैंकले ३ कार्य दिनभित्र उपलब्ध गराउने बैंकले जानकारी दिएको छ। आइएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आईएमई मोटर्स हो।