जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिकामा स्थानीयले आन्दोलन गरिरहेका छन् । उनीहरुले सात दिनदेखि मूल सडकमा धर्ना दिएर पालिकाको बेथिति रोक्न माग गरेका हुन् ।
स्थानीयले नगर प्रमुख र प्रशासकीय अधिकृतले अधिकारविपरीत काम गरेको भन्दै तत्काल त्यस्ता गतिविधि रोक्न धर्ना दिएका हुन् ।
उनीहरुले ऐन नियमका कारणले गर्दा त्यस्ता गतिविधि बन्द गर्न आह्वानसमेत गरेका छन् । उनीहरु संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका हुन् । संघर्ष समितिले सडकमै धर्ना बस्दा स्थानीयलाई पर्न गएको असुविधाप्रति क्षमा समेत मागेका छन् ।
उनीहरुले सडकमै गैरजिम्मेवारी मेयर मुर्दावाद, मिथलेश्वरका जनता जिन्दावाद भनी नारासमेत लगाएका छन् ।
मेयरले कुनै जानकारीसमेत नदिने र कसैका कुरासमेत नसुनी आफ्नै शैलीमा चलेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
सडक नै ठप्प पारेर धर्ना बसेको सात दिनसम्म पनि कुनै सुनुवाई नभएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।