काठमाडौं । भारतको राजस्थानस्थित जालोरमा एक बसले हाइटेन्सन छुँदा आगलागी भएर जलेको छ । शनिबार राति ११ बजेको समयमा भएको उक्त घटनामा ६ जना ज्यूँदै जलेर मरेका छन् । ३६ जनालाई जलेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ ।
११ हजार भोल्टको हाइटेन्सन लाइनको चपेटामा आएर बस जलेको हो । घाइतेहरुको जालोर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीरलाई जोधपुर रिफर गरिएको छ ।
सबै जैन धर्माबलम्बी हुन् । उनीहरु नाकोडा तीर्थ दर्शन गरी अजमेर र ब्यावर फर्कदै थिए । ज्यान गुमाउनेहरु ड्राइभर, कन्डक्टरसँगै तीन जना महिला हुन् ।
घटना जालोर जिल्लाबाट ७ किलोमिटर टाढा महेशपुरा गाउँमा भएको हो । उनीहरुले बाटो बिराएर अर्कै बाटो जाँदा दुर्घटनामा परेका हुन् ।