arrow

रुपन्देहीको एक उद्योगमा आगलागी हुँदा नौं करोडको क्षति 

logo
नारायण वली
प्रकाशित २०७७ फागुन २२ शनिबार
Aaglai-rupandhai.jpg

रुपन्देही । रुपन्देहीमा रहेको एक उद्योगमा शनिवार आगलागी भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ३ बेतहीमा रहेको एभरेष्ट डोर इन्डिष्टिज तथा सदिक्षा स–मिलमा आगलागी भएको हो । आगलागीका कारण करिव नौं करोड भन्दा बढीको क्षति भएको सो उद्योगले जनाएको छ ।
 
प्लाई तथा प्लाईका ढोका उत्पादन गर्ने उक्त उद्योगमा आगलागी हुँदा ९ करोडको क्षति भएको उद्योगले वताएको हो । विद्युत सट भएर आगलागी भएको बताइए पनि तर, आगलागी के कारणले भएको हो भन्ने वारे हाल सम्म खुल्न नसकेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आगो नियन्त्रणका लागि जिल्लाका बिभिन्न स्थान बाट ५ वटा दमकल उक्त आगलागि स्थानमा पुगेको प्रहरीले जनाएको छ । ५ वटा दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा झण्डै ४ घण्टा पछि आगो नियन्त्रणमा आएको वताईएको छ ।

उद्योगमा तयारी अबस्थाका ढोका र प्लाइउड, कच्चा पदार्थदेखि दुई करोड रुपैयाँसम्म पर्ने ठूला मेसिन समेत पूर्ण रुपमा जलेर नष्ट भएको इन्डष्ट्रिजका प्रबन्धक राम प्रसाद खनालको भनाई रहेको छ । विगत ३ वर्ष अघि १५ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याईएको प्रवन्धक खनालले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ