arrow

अङ्ग्रेज पराजय किल्लामा पर्यटन सर्किट जितगढी युद्ध सङ्ग्रहालय

logo
नारायण वली,
प्रकाशित २०७७ चैत ६ शुक्रबार
jitgadi.jpg

रुपन्देही । तत्कालीन नेपाल-अङ्ग्रेज युद्धको समयमा अङ्ग्रेजका सेनाहरूले नराम्रो सँग व्यहोर्न परेको हारको किल्ला बुटवल स्थित जितगढी किल्ला पर्दछ । जुन, लुम्बिनी प्रदेश अन्तर्गत बुटवल उप महानगरपालिकामा रहेको छ । उक्त ऐतिहासिक सम्पदा स्थल जितगढी सँगै सांस्कृतिक शहरका रूपमा रहेको पुरानो (बटौली) लाई पनि जोड्ने गरी सङ्ग्रहालय निर्माण गर्न भएको हो ।

सो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल-अङ्ग्रेज युद्धको सम्झना दिलाउने गरी भौतिक संरचना निर्माण गर्न लागिने भएको छ । ऐतिहासिक सम्पदा जितगढीलाई पर्यटनसँग जोड्ने सकिने गरी बुटवल उपमहानगरले आफ्नै तरिकामा गुरुयोजना बनाएर संरक्षण गर्ने बताइएको छ ।

निर्माण गरिने सङ्ग्रहालय जितगढी किल्ला भित्र तत्कालीन युद्धका नेपाली फौजी प्रमुख कर्णेल उजिर सिंहको ९ फिट उचाइको पूणकदको सालिक सँगै युद्ध लडेका अन्य नेपाली फौजका १३ जना शहीदहरूको पनि सालिक निर्माण हुने भएको छ । जहाँ, उपमहानगरको पहलमा सो ठाउँमा ४२ फिट उचाइको नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।

जितगढी (बटौली) युद्ध सङ्ग्रहालय जसको नाम राखिने भएको छ । उक्त महत्त्वपूर्ण संरचनाको गत बुधवार एक समारोहका बिच बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले गरेका हुन् । राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रूपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको नगरप्रमुख सुवेदीको भनाई छ ।

जितगढी किल्ला भित्र, समग्र पर्यटन सर्किटलाई समेत जोड्ने गरी तत्कालीन मणिमुकुन्द सेनको दरबार, ऐतिहासिक नुवाकोटगढी र आदिमावनको अवशेष फेला परेको रामापिथेकश क्षेत्र हुँदै सहस्र धारा, लक्ष्मी नगर र हिल पार्क सम्म जोडेर पर्यटकीय स्थलको डिपिआर तयारी बनाईएको छ ।

पर्यटन सर्किट भित्र हिल पार्कलाई बुद्ध पहिचान पार्कका रूपमा विकास गर्ने गरी जहाँ, ठुलो बुद्धको प्रतिमा र ध्यान केन्द्र बनाउने योजना रहेको उल्लेख छ । ६ करोड ८२ लाख ५० हजार २ सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त सङ्ग्रहालय निर्माण हुने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

निर्माण कार्यका लागि उपमहानगर र निर्माण कम्पनी शिव शक्ति कन्स्ट्रक्सन कम्पनी प्रालि बिच गत माघ १० गते २ वर्षमा सक्ने गरी सम्झौता भएको छ । जसको निर्माण कार्य बुटवल उपमहानगरपालिका वडा नं.१ मा ३ कट्ठा क्षेत्रफलमा सुरु भैसकेको छ ।

बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरूलाई पनि झल्को देखाउने र बुद्ध वलीको प्राचीन बटौली देखि हालको बृहत् बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको सङ्ग्रहालय निर्माण गरिने भएको निर्माण कम्पनीका इन्जिनियर प्रभाकर लामिछानेले बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ