arrow

सिजीका आकर्षक फ्यानहरू नेपाली बजारमा

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
cg-fan.jpg

काठमाडौँ। गर्मी बढे लगतै नेपालकै सबै भन्दा ठुलो इलेकट्रोनिक्स ब्रान्ड सिजीले हालै विभिन्न किसिमका नयाँ तथा आकर्षक पङ्खाहरू नेपाली बजारमा भित्राएको छ। फरक फरक प्रकारका उपभोक्ता हरूलाई मध्य नजर गरी सिजीले फरक फरक किसिमका पङ्खाहरू ल्याएको कम्पनीले जनाएको छ।

आवश्यकता अनुरूप उपभोक्ताहरूले छानी छानी नजिकको डिलरबाट खरिद गर्न सक्ने छन्। ती पङ्खाहरूमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, टेबुल फ्यान, वाल फ्यान, एगजस्ट फ्यान र रिचार्जऐबल फ्यानहरू रहेका छन्।

हेर्दा निकै नै आकर्षक देखिने यी पङ्खाहरूमा नयाँ नयाँ विशेषताका साथै विभिन्न साइजमा पनि उपलब्ध छ। अब ग्राहकले सिलिङ फ्यानको खरिदमा २४ महिनाको वारेण्टी पाउनुका साथै रिमोट पनि पाउने छन्। यी सिलिङ फ्यानहरू २४ इन्च देखि ४८ इन्च सम्म उपलब्ध छन्।

त्यस्तै स्ट्याण्ड फ्यान मा १२ महिनाको वारेन्टी र विभिन्न आकर्षक स्वरूपका मोडलहरूमा पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

स्ट्याण्ड फ्यानमै सिजीले बत्ती नभएको बेलामा समेत चलाउन मिल्ने रिचार्जएबल पङ्खाहरू पनि ल्याएको छ। यी फ्यानहरूमा १२ महिनाको वारेन्टी र आकर्षक रङ्गहरूमा उपलब्ध गराएको छ।



लोकप्रिय समाचार
नयाँ