रुपन्देही । रुपन्देहीमा पछिल्लो समय कौसीखेती फस्टाउँदै गएको पाइएको छ । जग्गा विचौलियाहरुले गर्दा खेतीयोग्य जमिन नासिँदै गएका वेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक गृहिणीले फुर्सदिलो समयमा युट्युबको माध्यम वाट समयको सदुपयोग गर्दै, घरको छतमा हराभरा बनाउन सफल भएकी छिन् ।
सहरमा एउटा घर बाहेक अन्य जग्गा नभएको र अन्य व्यवसायमा आत्मनिर्भर भएकाहरू बजारमा छिमेकी देश भारत वाट आयत भएको तरकारी खानु पर्ने एक मात्रै उपाय हुन्छ । तर, समय र जाँगर चलाएमा जग्गा नभए पनि घरको छत माथि धेरै थरिका खेती गर्न सकिने ज्वलन्त उदाहरण वनेको छ, रुपन्देही स्थित तिलोत्तमा नगरपालिका वडा नं.५ की सावित्रा भण्डारी ।
भण्डारीले कोरोना भाइरस वाट बच्नका लागि गरिएको लकडाउनका वेला घरमा बसेको समयमा युट्युबको माध्यम वाट कौसी खेती सिकेको बताउँछिन् । वर्षले २९ वर्ष पुगेकी भण्डारी कौसी खेती गर्नेमा लुम्बिनी प्रदेशको पहिलो हुन् । पछिल्लो समय कौसी खेती वाट चर्चा कमाउन थालेकी भण्डारीको छतमा गरेको कौसीखेतीको लुम्बिनी प्रदेश कृषि मन्त्री आरती पौडेलले पनि अवलोकन गरेसककी छिन् ।
गमला र पोलिथिन ब्याग जस्ता विभिन्न प्रकारका भाँडाहरूमा माटो सँगै प्राङगारिक मलको मिश्रण गरेर छतमा बेमौसमी फूल र तरकारी लगाएर ढकमक्क हरियाली बनाएकी छन् । जुन हरियालीमा हिजोआज टिकटक र सेल्फी खिच्नेहरूको भिड लाग्ने गरेको उनै कौसीखेती अभियन्ता भण्डारीले जनाएकी छिन् ।
भण्डारी भन्छिन्, सहरमा घर हुनेहरू सबैको करेसाबारी नहुन सक्छ । खाली जग्गा र करेसाबारी नभएकाहरूले चासोका साथ जाँगर लगाउने हो भने, आफ्नै घरको छतमा घरमा उपभोग हुने तरकारी उत्पादन हुनुको साथै व्यावसायिक रूपमा विस्तार गरेर आर्थिक क्रान्ति गर्न पनि सकिने बताउँछिन् ।
उनले, अहिले १० धुर क्षेत्रफलमा बनेको आफ्नो घरको छतमा काउली, गोलभेँडा, बन्दा गोभी, सिमी, खुर्सानी, रायो साग, र लसुन, प्याज लगायतका तरकारी फलेको देख्दा सायदै जो कोहीको मन लोभिन्छ । छतमै तरकारी फल्न थालेपछि भण्डारीले करिब ४ महिना यता हाटबजार वाट तरकारी किन्न नपरेको उनको भनाई छ ।
भण्डारीले अव बुटवलमा कौसी खेतीका लागि आवश्यक सामानको जोहो गरेर कौसी खेतीलाई विकसित गर्नको लागि तालिम दिने योजना बनाएको सुनाइन् । उनले थपिन् कौसीखेती वाट विषादीयुक्त तरकारी उत्पादन गर्न सकिने प्रतिबद्धता व्यक्त गरिन् ।