काठमाडौँ। नेपालकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स् ब्रान्ड सिजीले आउँदै गरेको नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो “सिजी राम्रो, गर्वका साथ हाम्रो” नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ। नेपालको आफ्नै उत्कृष्ट ब्रान्डका रूपमा प्रस्तुत सिजी ब्रान्डले यस योजना सँगै नेपालीहरूको यो नयाँ वर्ष झनै हर्षमय हुने कम्पनीले जनाएको छ।
यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी, ५४ हजार २ सय सम्मको आकर्षक बचत तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ।
उक्त योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका एलइडि टिभीको खरिदमा ३ वर्षको वारेन्टी र आकर्षक छुट, मल्टिडोर र साईड बाई साईड रेफ्रिजरेटरहरुको खरिदमा १० वर्षको वारेन्टी र सिजी मिक्सर प्राप्त गर्न सक्ने छन्। त्यस्तै सिङगल डोर र डबल डोर रेफ्रिजरेटरहरुको खरिदमा १० वर्षको वारेन्टी र आकर्षक छुट प्राप्त गर्ने छन्।
सिजी ब्रान्डका फ्रन्ट लोड वाशिङ्ग मेशिनहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा सिजी मिक्सर प्राप्त गर्ने छन् र टप लोड तथा टुईनटबको खरिदमा १२ महिनाको वारेन्टी तथा सिजी आइरनका साथै आकर्षक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यसै गरी सोकेस र चेस्ट फ्रिजरमा ६० महिनाको वारेन्टी र ट्रले तथा मल्टि मिडिया स्पिकरमा आकर्षक छुट र १२ महिनाको वारेन्टी प्राप्त गर्न सक्ने छन्। डिसवासरको खरिदमा सीजी मिक्सर प्राप्त गर्न जनाएको छ।
माइक्रो वोभनमा १२ महिनाको वारेन्टी, कुकिङ किट र आकर्षक छुट अनि एसिमा ६० महिनाको वारेन्टी, नि:शुल्क जडान र आकर्षक छुट प्राप्त गर्न सकिने छ।
यो आकर्षक योजना चैत्र १० गते देखि सीमित अवधिका लागि देशभर लागू गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।