arrow

एलजीको “हार्दिक बधाई तपाईँलाई यस नयाँ वर्ष विशेष सबैलाई”

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
lg-new-year-2078.jpg

काठमाडौँ। नेपालको सबै भन्दा धेरै विक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईँलाई यस नयाँ वर्ष विशेष सबैलाई” जारी गरेको छ। यस योजना अन्तर्गत  एलजीको लागि नेपालको अधिकृत वितरक सिजी इलेकट्रोनिक्सले एलजीका घरायसी सामानहरूको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरू प्रदान गरेको छ।

नर्मल र स्मार्ट लिड टिभी, एयर प्युरिफायर, भ्याक्युम क्लिनर तथा सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा ग्राहकहरूले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। यस अफरमा ग्राहकहरूले साइड बाइ साइड डोर रेफ्रिजेरेटरको खरिदमा १४ हजार ४ सय ९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरको खरिदमा २४ सय ५० मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, ग्राहकहरूले माइक्रोवेभ ओभनको खरिदमा  २ हजार ८ सय  मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मसिन फ्रन्ट लोड (९ केजी माथि)को खरिदमा ५ हजार २ सय ३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मसिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा २ हजार ६ सय ५० मूल्यको फ्री इलेक्ट्रिक केटल र वासिङ मसिन टप लोडको खरिदमा  एक हजार २० मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकहरूले  ४ हजार मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्नेछन्। यो योजना नेपाल अधिराज्य भरि चैत्र ११ गते देखि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
नयाँ