खलंगा । नेविसंघका पूर्व केन्द्रीय सदस्य स्वर्गीय रविन्द्र शम्शेर शाहको चौथो स्मृति दिवसको अवसरमा आयोजित खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि छवि पन्त र निराजन बिक्रम शाहीको जोडीले जितेको छ ।
नेविसंघ जाजरकोटले शाहको चौथो स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । विजेताले २० हजार रुपैयाँको पुरस्कार पनि जितेका छन् ।
दोस्रो स्थान हासिल गरेको राजु भडेल र रमेश चन्दको जोडीले १५ हजार, तेस्रो भएको सिताराम वली र महेन्द्र भडेल तथा रामसिंह ठकुरी र महेश कठायतको जोडीले समान ६–६ हजार रुपैयाँ जितेको छ ।
को थिए रविन्द्र शम्शेर शाह ?
नेविसंघका पूर्व केन्द्रीय सदस्य एवंं समाजसेवी शाह पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्षसमेत थिए ।
आइतबार पाँचताराले शाहको सम्झना कार्यक्रम गरी उक्त पुरस्कार हस्तान्तरण गरेको हो ।
२०७३ चैत १५ गते अज्ञात समूहले भेरी नगरपालिका ३ जाजरकोटमा रविन्द्र शम्शेर शाहको हत्या गरेका थिए ।