arrow

हेटौँडामा सिजीका आरजीबी प्यानल लाइट सार्वजनिक

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
cg-rgb-light-panel.jpg

काठमाडौँ। विगत ४ दशकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठुलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्रान्डको विक्री वितरण गर्दै आइरहेको छ।

यही आयामलाई निरन्तरता दिँदै, ईओएल प्रालिद्वारा वितरित सिजी इलेकट्रिकका सामानहरू (एलईडी बल्ब, स्विच, सकेट, एमसिबी, पनेल लाइट, सबमिटर, मोडुलर-सेमी मोडुलर स्विच, स्ट्रीट लाइट आदि) साथै केन्ट ब्रान्डको पङ्खा, नेक्स मोडुलर स्विच तथा हिटरहरू विक्री वितरण गर्दै आएको छ।

कम्पनीले यस विधामा, सिजीका आरजीबी प्यानल लाइट पनि थपेको छ। यसको लागि हेटौँडामा यही चैत्र २० गते सार्वजनिक गर्दै डिलरको सम्मेलन आयोजित गरेको कम्पनीले जनाएको छ।

मकवानपुरका लागि आधिकारिक विक्रेता स्वस्तिक सप्लायर्स रहेको छ। कार्यक्रममा ब्रान्डका विक्री प्रमुख मदन खनाल, प्रभाकर झा, जयन्त श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।

सिजीका आरजीबी प्यानल लाइट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रङ्ग रेन्डरिंग र २४ महिनाको वारेन्टी साथै सिजीको क्वालिटीको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ। चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले सिजी इलेकट्रिक ब्रान्डको नेपालमा विक्री–वितरण मार्केटिङ, ब्रान्डीङ्ग गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
नयाँ