रामपुर क्याम्पसमा नेविसंघका कार्यकर्तामाथी अखिल कान्तिकारीद्वारा आक्रमण, नेविसंघद्वारा भत्सर्ना
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
612
Shares
काठमाडौं। नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले रामपुर क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको भत्सर्ना गरेको छ। नेविसंघ केन्द्रीय समितिका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न समेत माग गरेका छन्।
क्याम्पसमा भर्ना प्रक्रिया चलिरहेको अवस्थामा नेविसंघ ईकाई सभापति दिपेश बानियाँ र सदस्य खेमराज उपाध्याय लगायत ४ जनामाथि आक्रमण हुँदा उनीहरु घाइते भएका छ्न्।
अखिल क्रान्तिकारीद्वारा क्याम्पस हाताभित्र नेविसंघमाथि भएको आक्रमणको विरोध गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत नेविसंघले गरेको छ। नेविसंघमाथि भएको ज्यादतिविरुद्ध देशभर आन्दोलित हुनका लागि समेत तिमल्सिनाले विज्ञप्तीमा आग्रह गरेका छन्।
साथै नेविसंघ महामन्त्री दीपक भट्टराईले साङ्घातिक आक्रमणमा संलग्नहरूलाई तत्काल गिरफ्तार गरी कारबाही गर्ने माग गरेका छन् ।उनले क्याम्पस हाता भित्र हुने गुण्डागर्दी र शिक्षा क्षेत्रमा जङ्गली व्यवहारको अन्त्य हुनुपर्ने बताएका छन् ।