धादिङ । जिल्लामा कोरोना संक्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा सम्लग्न छिन् ।
धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स– रे गर्ने काम गरिरहेकी छिन् ।
उनले भनिन्, “बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ । कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ । ”
उनी यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहेकी छन् । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।