काठमाडौं । एक साता अघि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवम एमाले नेता झलनाथ खनाल कोरोना संक्रमण मुक्त भएका छन् ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा आइतबार साँझको रिपोर्ट नेगेटिभ आएको छ ।
भट्टराईले भने, ‘डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण गरिएको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ, उहाँको स्वास्थ्य सुधार हुँदै आएको छ । ‘केही दिनमै अस्पतालबाट डिस्चार्ज भइ नियमित राजनीतिक गतिविधिमा सक्रिय हुनुहुनेछ’, भट्टराईले भने ।