काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था बाहिर सञ्चार माध्यममा आएजस्तो नभएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जनाएका छन् ।
सामाजिक संजाल फेसबुकमा बिहीबार बिहान लेख्दै उनले बाहिर सञ्चार माध्यममा आएजस्तो खनालको अवस्था नभएको जनाएका हुन् ।
भट्टराईले लेखेका छन्, ‘बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं ।’ यस्तो लेखेका छन् भट्टराईले, ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई ज्वरो आएको कारण गत सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिए पश्चात डाक्टरहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि हिजो नै वँहालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट दिल्ली लगि अपोलो अस्पतालमा भर्ना गरिएको छ। हिजोबाट नै वहाँलाई उपचार थालिएको छ। बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं। यसैबीच वहाँको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्ण शुभेच्छुक र शुभचिन्तकहरुमा सचिवालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं।’
खनालको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भइरहेका अवस्थामा बुधबार दिउँसो थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएको हो । पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लगिएको हो ।
खनालको खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको नर्भिक अस्पतालले जनाएको थियो । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
खनाललाई केही समयअघि कोभिड–१९ को सङ्क्रमण भएको थियो ।