arrow

कस्तो छ नेता खनाललाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
jhalanath-khanal-ncp.jpg

काठमाडौँ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । 

गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई सोमवार बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । 

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ