arrow

झलनाथ खनालको स्वास्थ्यमा सुधार, अक्सिजनको सहायता चाहिन छाड्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
jhalanath.jpg

काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार ज्वरो आउने, टाउको दुख्ने र खोकी हटिसकेको छ साथै अक्सिजनको सर्पोट पनि हटाइएको छ । चिकित्सकहरुको सल्लाह अनुसार खनाल अझै केही दिन अस्पतालमै बस्नुपर्ने भएको भट्टराईले जानकारी दिए ।

खनालको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भइरहेका अवस्थामा गत बुधबार दिउँसो थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएको हो । पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लगिएको हो ।  

खनालको खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको नर्भिक अस्पतालले जनाएको थियो । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । 
 



लोकप्रिय समाचार
नयाँ