दार्चुला । संसद विघटनको विरोधमा दार्चुलामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
नेपाल विद्यार्थी सङ्घले खलङ्गा बिच बजारमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी समेत गरेका थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरात प्रतिनिधिसभा विघटन गर्दै आफूखुसी विभिन्न अध्यादेश ल्याई मुलुकलाई अधोगतिमा धकेल्ने कु चेष्टा गरेको विरोधमा पुत्ला दहन गरिएको नेविसंघका कार्यकर्ताले जनाएका छन् ।