दार्चुला । कोरोना संक्रमणको दर नघटेपछि दार्चुलामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । मङ्गलवार बसेको जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सिफारिस गरे बमोजिम जेठ ३० गतेसम्मका लागि चौथो पटक निषेधाज्ञा थप गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सिद्धाराज जोशीले कोभिड रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ ३० गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको बताए ।
यसअघि तेस्रो पटक जारी गरिएको निषेधाज्ञा जेठ २० गते सकिँदै छ । यसैबिच दार्चुलामा कोरोनाको नयाँ भेरियन्ट सुरु भएयता ११ जनाको मृत्यु भइसकेको छ । हालसम्म जिल्लामा ७ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।