दार्चुला । दार्चुलामा दुई बालकको ह्युम पाइपमा अड्किएर मृत्युु भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको ह्युम पाइपमा अडकिएर मृत्यु भएको हो ।
बुधबार दिउँसो पौडी खेलिरहेका बेला ह्युम पाइपमा अड्किएर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको ह्युम पाइपमा अडकिएर ज्यान गएको जनाइएको छ । उनीहरुको शव स्काइभेटर प्रयोग गरि निकालिएको थियो ।