प्रधानमन्त्री ओलीलाई र्याखर्याखती पार्ने गगन थापाका प्रश्नहरु
जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती व्यक्ति हुन् कि नेपाली नागरिक हुन् ?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २८ बुधबार
109
Shares
काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुको सवाल जवाफ महत्वपूर्ण रह्यो। आफ्नो शैलीमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसदहरुले एक पछि अर्को प्रश्नको वर्षा गरेका थिए। कांग्रेस सांसदहरुले अधिकांशले कोरोना रोकथामको लागि हजार करोड अर्थात १० अर्ब साएको बारेमा प्रश्न गरेका थिए।
कांग्रेस सांसद गगन थापाले त मंगलवारको वैठकमा पनि यो प्रश्न उठाएका थिए। बुधवार जवाफ दिने क्रममा १० अर्बको हिसाब अहिले नखोज्न कांग्रेसलाई आग्रह गरेपछि कांग्रेस नेता गगन थापाले फेरि आफ्नो तेजिलो शैलीमा प्रधानमन्त्रीलाई थप पुरक प्रश्न गरेका छन्। गगनले प्रधानमन्त्री ओलीलाई सोधेका पुरक प्रश्नहरु यस्ता छन्ः
भ्रष्टाचार प्रकरणका एकएक सूची राखेर (खासगरी स्वास्थ्य सामग्री) संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु, के तपाईँ त्यसका लागि तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?
जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती व्यक्ति हुन् कि नेपाली नागरिक हुन् ?
सरकारले ५ वटा पिसिआर मेसिन किनेको छ, तर पाँच वटै किन चल्दैन रु किन यस्तो भयो?
क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?
हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?
के आधारमा हामीले यो भनिरहेका छौं ?
नेपालमा मृत्यु भएकाहरुको उमेर र संख्याका आधारमा विश्वब्यापी रुपमा मृत्युहरु भएकाहरु अनुसार दाँजेर हेर्नुभएको छ ?
नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ति आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइन राख्ने सम्माननीय प्रधानमन्त्रीको सरकारको काम हो वा हामीले गरिदिनुपर्ने ?
सावधानीपूर्वक सबै तयारी गरेको भए आज कसैलाई दोष दिएर बस्नुपर्थ्यो वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री हेर्न पाइन्थ्यो ?