arrow

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयप्रति गगन थापा आक्रोशित 

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
gagan-thapa-mask.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारले कोरोना भाइरसका संक्रमितको उपचार नगर्ने निर्णय गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । 

जनताको मौलिक हकमाथि नै प्रहार गरेको सरकारको निर्णयप्रति आक्रोश व्यक्त गर्दै नेता थापाले हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा सीधै अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराए हुने बताएका छन् । 

सामाजिक संजाल ट्वीटरमा सोमबार बिहान लेख्दै नेता थापाले सरकार गैरजिम्मेवार भएको स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्यागसमेत गरेका छन् । 

उनले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु १’ यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा @PM_Nepal बरु सिधै भनिदिनुस् ‘सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’



लोकप्रिय समाचार
नयाँ