arrow

धनकुटाको विकास र समृद्धिका लागि सुनिल र गगनसंग छलफल

logo
प्रकाशित २०७७ मंसिर २२ सोमबार
gagan-bijaya.JPG

काठमाडौं । धनकुटाको विकास र समृद्धिका लागि पूर्व मन्त्री सुनिलबहादुर थापा र गगन थापासंग नेपाली कांग्रेस धनकुटाका सचिव लगायतको टोलीले भेटघाट गरी छलफल गरेको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, धनकुटा—काठमाडौं सम्पर्क समितिका सभापति भीम थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ सहितको टोलीले पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा तथा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापासंग काठमाडांैमा भेटघाट गरी धनकुटाको पार्टी संगठन विस्तार सुदृढीकरण र धनकुटाको विकास र समृद्धिको बारेमा छलफल गरेको हो ।

सो अवसरमा सहमहामन्त्री थापाले धनकुटा जिल्लाको स्वास्थ्य क्षेत्रका साथै अन्य विकासमा समेत सहयोग गर्ने बताए । त्यस्तै पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य थापाले कोभिड १९  विरुद्धको युद्धमा विजय प्राप्त गर्न सबैले सहयोग गर्नु पर्ने बताए । उनले अब नेपाली कांग्रेसलाई जिवन्त प्रदान गर्नका लागि नेपाली कांग्रेसभित्र आमुल परिर्वतन गर्नुपर्ने बताए । उनले हरेक तहको नेतृत्वमा युवाहरु आउनु पर्नेमा जोड दिए । 

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, धनकुटा—काठमाडौं सम्पर्क समितिका सभापति भीम थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले दुवै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेताहरुलाई धनकुटाको स्वास्थ्य क्षेत्रमा विशेष सहयोग गर्न आग्रह गरेका थिए । 

यसैगरी नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलसंग पनि नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत रहेका कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई सहितको टोलीले भेटघाट गरी छलफल गरेको छ ।



लोकप्रिय समाचार
नयाँ